विराटनगर । प्रदेश नं १ सरकारले स्थापना गरेको कोभिड–१९ जनसुरक्षा कोषमा सूर्य नेपाल प्रालिले आज एक करोडको चेक प्रदान गरेको छ ।
मुख्यमन्त्री शेरधन राईलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले मुख्यमन्त्रीको कार्यालयमा एक करोडको चेक हस्तान्तरण गरे । सो अवसरमा मुख्यमन्त्री राईले प्रदेशका जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार सचेत रहेकाले सङ्क्रमितहरुको समुचित उपचारको व्यवस्था गरिएको विचार व्यक्त गरे ।
उनले सहयोगका लागि धन्यवाद दिँदै जनताको स्वास्थ्य पहिलो प्राथमिकता रहेको र कोभिड–१९ टेष्टलाई प्राथमिकता दिँदै सीमा सुरक्षा व्यवस्थित गरिएका कारण प्रदेशमा सङ्क्रमितको सङ्ख्यामा कमी आएको जानकारी दिए ।
सूर्य नेपाल प्रालिका उपाध्यक्ष केसीले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गरिएको बताउँदै आगामी दिन आवश्यक्तानुसार थप सहयोग गर्ने विचार व्यक्त गरे ।
सूर्य नेपालले बाराको सिमरा, तनहुँको सेराटार र मोरङको विराटनगरस्थित उद्योगबाट विश्वस्तरीय गुणस्तरीय उत्पादन नेपाली उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया