दाङ । बिहीवार दाङमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १५ का १६ वर्षीय पदम वली रहेका छन् । घाइते हुनेमा सोही वडाका जिप चालक ३८ वर्षीय भीमबहादुर वली, २६ वर्षीय देवराज वली, १७ वर्षीय विशाल वली र २४ वर्षीय गोपाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते वलीको उपचारको क्रममा निधन भएको हो ।
घाइते चारैजनाको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
आज (बिहीबार) बिहान करिब साढे ५ बजे घोराही उपमहानगरपालिका ३, मसोट खोलामा दुर्घटना भएको हो ।
कपिलवस्तुको कृष्णनगरबाट तुलसीपुर जाँदै गरेको रा।१च ९६२ नम्बरको उक्त जिप अनियन्त्रित भई भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया