१२ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

काठमाडौं । झापामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

आफ्नै १२ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी धरान नगरपालिका (१३ घर भई झापा बिर्तामोड नगरपालिका) ८ डेरा गरी बस्ने ३५ वर्षीय पुरुषलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई घरमा कोही नभएको अवस्थामा १ महिनादेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?