कोरोना अपडेटः यस्तो छ विश्वव्यापी महामारीको पछिल्लो अवस्था

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ५ लाख ८३ हजार ६ सय २० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ३५ लाख ६८ हजार ५ सय ७८ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ७९ लाख २७ हजार २ सय ४८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५९ हजार ४ सय ८६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ३९ हजार ५ सय २१ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २७ हजार ७ सय ९८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३५ लाख ७२ हजार ८ सय ७५ पुगेको छ । हालसम्म १६ लाख ८ हजार ९ सय ९६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ३ सय ३६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ७८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ७ हजार ९ सय ६३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १९ लाख ३९ हजार १ सय ६७ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ७४ हजार ४ सय ४५ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १२ लाख १३ हजार ५ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ८३ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २४ हजार ९ सय १५ पुगेको छ । बितेको २४ घण्टामा ३० हजार ६ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ९ लाख ६८ हजार १ सय १७ पुगेको छ । हालसम्म ६ लाख १२ हजार ७ सय ८२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७ सय ७० पुगेको छ । बितेको २४ घण्टामा ६ हजार ४ सय २२ जनामा कोरोना पुष्टि भएको र १ सय ५६ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ७ लाख ४६ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख २३ हजार २ सय ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् । हालसम्म पेरुमा १२ हजार २ सय २९ जनाको कोरोनाको कारण ज्यान गएको छ । भने ३ लाख ३३ हजार ८ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख २३ हजार २ सय ६१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ३ सय १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७ हजार १ सय ८६ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कारण १ सय १७ जनाको ज्यान गएको र १ हजार ७ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म चिलिमा ३ लाख २१ हजार २ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ र संक्रमितमध्ये २ लाख ९२ हजार ८५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार ९ सय १५ जनाको अवस्था गम्भीर रहेको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ७ हजार ५१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ११ हजार ४ सय ८६ पुगेको छ । हालसम्म कोरोनाको कारण ३६ हजार ३ सय २७ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ८ सय ३६ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा १ लाख ९३ हजार ९ सय ७६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ सय ७८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ४ सय १३ पुगेको छ । हालसम्म ३ लाख ४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा स्पेनमा कोरोनाको कारण ४ जनाको ज्यान गएको र ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएकोे वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय ४६ पुगेको छ । हालसम्म २ लाख ९८ हजार २ सय ९२ जनामा कोरोना संक्रमण देखिएको र १ लाख ४६ हजार २ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ९३ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा त्यहाँ कोरोनाको कुनै असर देखिएको छैन् ।

त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ५३ पुगेको छ । बितेको २४ घण्टामा ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९१ हजार ९ सय ११ पुगेको छ । त्यस्तै संक्रमितमध्ये १ सय ४५ जनाको अवस्था गम्भीर रहेको र बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८५ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?