काठमाडौं । नेपालमा हालसम्म कोरोनाको कारण ३८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश १ मा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन् । भने त्यसबाहेक सबैभन्दा बढी प्रदेश नं ५ मा कोरोनाको कारण मृत्यु भएको छ । प्रदेश ५ मा कोरोनाको कारण १० जनाको मृत्यु भएको हो । त्यस्तै सबैभन्दा कम प्रदेश २ र कर्णाली प्रदेशमा मृत्यु भएको छ । दुबै प्रदेशमा कोरोनाको कारण ४/४ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।
कुन प्रदेशमा कति जनाको मृत्यु ?
प्रदेश नं १ मा शुन्य
प्रदेश नं २ मा ४ जना
बाग्मती प्रदेशमा ९ जना
गण्डकी प्रदेशमा ५ जना
प्रदेश नं ५ मा १० जना
कर्णाली प्रदेशमा ४ जना
सुदूरपश्चिम प्रदेशमा ६ जना
नेपालमा बितेको २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । भने हालसम्म ८ हजार ५ सय ८९ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा थप १ सय ४७ जना कोरोना उपचारपछि घर फर्किएका हुन् । त्यस्तै हालसम्म २३ हजार ७ सय ८४ जना मानिसहरु क्वारेनटाइनमा रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न २५ वटा प्रयोगशलाबाट ३ हजार ९ सय १६ जनाको कोरोना परीक्षण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया