राष्ट्र बैंकले २ खर्बसम्म पुनर्कर्जा दिन पाउने बाटो खुल्यो

राष्ट्र बैंकले करिब २ खर्ब रुपैयाँ बराबरको पुनर्कर्जा प्रवाह गर्न पाउने भएको छ ।
पुनर्कर्जासम्बन्धी परिमार्जित कार्यविधि पारित भएसँगै बैंकलाई उक्त बाटो खुलेको हो ।
कार्यविधिमा कोषमा हाल कायम रकमको ५ गुणासम्म पुनर्कर्जा प्रवाह गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थालाई आधार मानेर बैंकले २ खर्ब १० अर्ब रुपैयाँभन्दा केही बढी पुनर्कर्जा प्रवाह गर्न पाउने भएको हो । हाल कोषमा ४२ अर्ब रुपैयाँ रहेको कान्तिुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?