बितेको २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १६ हजार नजिक

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १८० जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै हालसम्म ६ हजार ८ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । देशभरका विभिन्न अस्पतालबाट बितेको २४ घण्टामा मात्र थप २ सय ६४ जना कोरोना मुक्त घर फर्किएका हुन् । कोरोनाको कारण नेपालमा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।

यसअघि प्रकाशित : 

मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्नू : गृह मन्त्रालय

गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि कार्यान्वयन नभएकाले यसो गरिएको गरिएको गृह प्रवक्ता केदार शर्माले बताए ।बाक्लो भिडभाड हुने घना बस्तीहरुमा कोरोनाको जोखिम उच्च रहेको भन्दै यसअघि पनि स्वास्थ्य मन्त्रालयले बारम्बार सचेत गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?