मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्नू : गृह मन्त्रालय

काठमाडौं – गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि कार्यान्वयन नभएकाले यसो गरिएको गरिएको गृह प्रवक्ता केदार शर्माले बताए ।

बाक्लो भिडभाड हुने घना बस्तीहरुमा कोरोनाको जोखिम उच्च रहेको भन्दै यसअघि पनि स्वास्थ्य मन्त्रालयले बारम्बार सचेत गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?