पार्टी फुटको डिलमा पुगेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भएको छलफल कुनै ठोस निष्कर्षमा छ पुगेन, तर संकट समाधानको सूत्र पहिल्याउन भने उनीहरु सहमत भएका छन् ।
पछिल्लो समय दुबैको जोड पार्टी अध्यक्षभन्दा बढी प्रधानमन्त्री पदमा केन्द्रीत छ ।
उच्च स्रोतका अनुसार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली दुबै पद छाड्नुपर्ने अडान राखिरहेका प्रचण्डले केही लचिलो बनेर अब प्रधानमन्त्रीमात्र छाड्दा हुने संकेत दिएका छन् ।
विवाद मत्थर गर्दै सहमतिमा जाने संकेतका रुपमा दाहालले अब दुई पदमध्ये प्रधानमन्त्री पद छाड्नुपर्ने धारणा राखेका हुन् । तर ओलीको अडान सरकार छाड्दै नछाड्ने भन्ने रहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया