नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । बागलुङको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

बागलुङको ढोरपाटन नगरपालिका ४ खुंगाको क्वारेन्टाइनमा बसेका उनको गए राति मृत्यु भएको थियो ।

उनको आज दिउँसो (आइतवार) मात्रै रिपोर्ट आएको हो । जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूका अनुसार फोक्सोमा समस्या देखिएपछि उपचारको लागि भारत गएका उनी असार ३ गते मात्रै बागलुङ आएका थिए ।

क्वारेन्टाइनमा बसेका मृतकका ५ आफन्तको स्वाब लिइएकोमा ३ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी सैंजूले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?