काठमाडौं । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका ३०१ नेपाली आइतवार नेपाल फर्किएका छन् । लकडाउनपछिको नबौं मार्फत १४८ जना र दशौँ उडानमार्फत १५३ नेपाली स्वदेश फर्किएका हुन् । कोरोना महामारीपछि उत्पन्न असहज परिस्थितीपछि नेपाल फर्किन चाहने ३०१ नेपालीहरुलाई स्वदेश फर्काइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
लकडाउनपछि दोहाबाट दशौँ उडानमार्फत १५३ जना नेपालीहरू (सबै पुरुष) नेपाल फर्किएका हुन् ।
दूतावासका अुनसार उनीहरुलाई दोहाबाट काठमाडौंका लागि हिमालय एयरलाइन्सको एच. ९५६३२ को उडानबाट १५३ नेपाली आइपुगेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

उनीहरुको विदाई गर्न दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।
यसैगरी आइतवार नै त्यहाँबाट थप १४८ नेपाली स्वदेश फर्किएका छन् । जसमध्ये ४ जना महिला र १४४ जना पुरुष रहेको दूतावासले जनाएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको आरए २३९२ को उडानमार्फत नेपाल फर्काइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया