काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ३० हजार ९ सय ६० पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड १२ लाख ९२ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६४ लाख ५ हजार २ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५९ हजार ३ सय ३२ जनाको अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण २ हजार ५ सय ८३ जनाको ज्यान गएको र १ लाख ५ हजार ६ सय ८२ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार २ सय ८ पुगेको छ । बितेको २४ घण्टामा २४ हजार २ सय ५० संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ लाख १४ हजार ८ सय ३८ पुगेको छ । हालसम्म १२ लाख ४८ हजार ४ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ९ सय ४१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ४४ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ६३ हजार ४ सय ९ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ६ हजार ८ सय ३५ जनामा कोरोना संक्रमण देखिएको र १ सय ५५ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १५ लाख ५० हजार १ सय ७६ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ९ लाख ७८ हजार ६ सय १५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म ६ लाख ७४ हजार ५ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ६ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण देखिएको र १ सय ६८ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा १० हजार २७ जनाको ज्यान गएको र संक्रमितमध्ये ४ लाख ४६ हजार ८ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा २२ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख ७२ हजार ६ सय ४४ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा १९ हजार २ सय ७९ जनाको ज्यान गएको र ४ लाख ८ हजार ६ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ६ सय १० जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४४ हजार १ सय ९८ पुगेको छ । बितेको २४ घण्टामा बेलायतमा ६ सय २४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ८४ हजार ९ सय पुगेको छ । त्यस्तै संक्रमितमध्ये २ सय ३१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै स्पेमा हालसम्म २ लाख ९७ हजार ६ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म २८ हजार ३ सय ८५ जनाको कोरोनाको कारण ज्यान गएको भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा स्पेनमा कोरोनाको कुनै असर देखिएको छैन् ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार २ सय २६ पुगेको छ । हालसम्म २ लाख ९५ हजार ५ सय ९९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख ८५ हजार ८ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा पेरुमा कोरोना संक्रमणको असर देखिएको छैन् ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ८ सय ५४ पुगेको छ । बितेको २४ घण्टामा २ सय ३५ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ४१ हजार ४ सय १९ पुगेको छ । हालसम्म १ लाख ९१ हजार ९ सय ४४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये ७१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया