काठमाडौं । नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मृत्यु हुनेमा गोरखा पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही जिल्लाको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुष रहेका छन् ।
गोरखाका ४४ वर्षीय पुरुषको उपचारको क्रममा गोरखा अस्पतालमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उपचाररत उनको आज (शनिबार) बिहान ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको हो ।
मधुमेहबाट पीडित उनमा गएराती मा कोरोना पोजेटिभ पुष्टि भएको थियो । साथै उनलाई निमोनिया देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिँदै आएको थियो । उनी गत असार १७ गते कतारबाट नेपाल फर्किएका थिए । गाउँ फर्किएसँगै उनलाई गोरखाको पालुङटार क्वारेन्टाइनमा राखिएको थियो । उनको शव सेनाले व्यवस्थापन गरिरहेको मन्त्रायले जनाएको छ ।
त्यस्तै रुपन्देही देवदह नगरपालिका घर भएका ७५ वर्षीय पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनी गत असार १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनमा क्षयारोगको विरामीको उपचाररत उनको गत असार १७ गते त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
उनमा गत असार १८ गते कोरोना पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया