काठमाडौं, १० फागुन । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठकले मन्त्रालयको टुंगो लगाएर भोलिसम्ममा मन्त्रिपरिषद विस्तार गर्नें निर्णय गरेको छ नेकपा एमाले र माओवादी केन्द्रको एकताका लागि गठिन कार्यदलको पहिलो संयुक्त बैठकले मन्त्रिपरिषद विस्तार र पार्टी एकताका विषयमा छलफल गरेको हो दुई दलबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १९ मन्त्रालय बनाउने सहमति भएको छ । यो निर्णयलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि मन्त्रिपरिषद विस्तारको प्रक्रिया अघि बढ्नेछ दुवै दल सरकारमा जाने मन्त्रिहरुको नामको टुंगो लगाउन आन्तरिक छलफलमा समेत जुटेका छन् आगामी चैत्रको पहिलो साताभित्र पार्टी एकीकरण गर्ने तयारीमा रहेका नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँटमा करिब सहमति जुटिसकेको छ दुवै पार्टीबीच भएको छलफलमा पार्टी एकतामा सहयोग पुग्ने गरी दुवै पार्टीका अनुभवी व्यक्तिलाई मन्त्री बनाउने सहमति छ प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच महत्वपूर्ण मानिएका मन्त्रालयमध्ये अर्थ, रक्षा, परराष्ट्र र सूचना तथा सञ्चार मन्त्रालय एमालेले लिने तथा गृह र भौतिक योजना मन्त्रालय माओवादी केन्द्रले लिने सहमति भएको स्रोतको भनाई छ कसलाई मन्त्री बनाउने भन्ने विषयमा दुवै पार्टी आन्तरिक छलफलमा समेत जुटेका छन् । माओवादी केन्द्रको कार्यालयको बैठक र एमाले स्थायी समितिको बैठकले मन्त्रीहरुको नामको टुंगो लगाउनेछ यस्तै मन्त्रिपरिषद विस्तारका क्रममा संघीय समाजवादी पार्टीसँग समेत छलफल गरिने भएको छ कार्यदलको बैठकमा चैतको पहिलो हप्ताभित्र पार्टी एकता गर्ने गरी दुई दलले गठन गरेको कार्यदलले १५ दिन भित्र सांगठनिक र वैचारिक एकरुपता सहितको प्रतिवेदन तयार गर्ने निर्णय समेत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया