ओली र प्रचण्डले दिए कार्यदललाई यस्तो निर्देशन

काठमाडौं– एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गर्नका लागि राजनीतिक प्रतिवेदन र बिधान मस्यौदा लेख्न बनाइएको दुईसंयुक्त कार्यदलाई १५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दल सम्मिलित संयुक्त कार्यदलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्देशन दिएका हुन् । दुई अध्यक्षको निर्देशन अनुसार दुबै कार्यदलले आगामी २५ गतेभित्र प्रतिवेदन एकता संयोजन समितिलाई बुझाउने निर्णय भएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए मंगलबार बसेको एकता संयोजन समितिको बैठकले संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?