खेतबारीमै किसानलाई उन्नत कृषि प्रविधि विषयमा अध्ययन

रुकुम, ९ फागुन । जिल्लाका किसानले आफ्नो खेतबारीमा उत्पादन हुने कृषिउपज र उन्नत कृषि प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन् आफ्नो खेतबारीमा उत्पादन हुँदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले ‘कृषक पाठशाला’मार्फत खेतबारीमा सिक्दै उत्पादन गर्न सुरु गरेका छन् परम्परागत र आधुनिक कृषि उत्पादनका विषयमा प्रत्यक्ष काम गर्दै सिक्दैआएका यहाँका कृषक अहिले खेतबारीमै कृषक पाठशाला सञ्चालन गरी सिक्दै उत्पादन गर्न थालेका छन् । जिल्लामा लागू भएको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत साविकका १४ वटा गाविसका कृषकले परम्परागत र आधुनिक कृषि उत्पादनबारे सिकाइ गर्न थालेका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेश साहले जानकारी दिए कृषक पाठशालामार्फत उन्नत प्रविधिमा व्यावसायिक कृषि खेतीतर्फ अग्रसर गराउने उद्देश्यका साथ पाठशाला सञ्चालन गरिएको उनको भनाइ छ । कृषक समूह गठन गरी पाठशालामा सहभागी गराउने र पाठशालामार्फत सिकाउने गरिएको छ । जिल्ला भरमा यस वर्ष ३० ठाउँमा पाठशाला सञ्चालन गरिएको छ भने ५०० भन्दा बढी किसानले उन्नत कृषि प्रविधिका बारेमा खेतबारीमै जानाकरी पाएको उनले बताए कृषकलाई खेतमै पुगेर सिकाउने हुँदा पाठशाला प्रभावकारी रहेको सिम्लीका कृषक रामबहादुर खड्काले बताए । “पाठशाला सञ्चालन नहुँदा कृषि प्राविधिकलाई देख्नसमेत पाइँदैनथ्यो,” उनले भने । अहिले प्राविधिकले खेतबारीमै कृषकलाई पढाउँदै आएका छन् । पाठशालामा सिकेको सीप र ज्ञानको प्रयोग गर्दा अहिले उत्पादनमा वृद्धि भएको कृषकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?