बसको ठक्करबाट नेविसंघ एनआरका सचिवको मृत्युपछि नेविसंघले निकाल्यो जुलुस

काठमाडौं, ९ फागुन । काठमाडौंको नेपालटारमा हिजो राति बसको ठक्करबाट नेपाल विद्यार्थीसंघका एन.आर कलेजका सचिव चन्द्र प्रकाश मोक्तानको मृत्यु भएपछि दोषिमाथि कारबाहीको माग गर्दै नेविसंघले विरोध प्रर्दशन गरेका छन् । आज विहान ७ बजे नेविसंघकका विद्यार्थीहरुले नेपालटार स्थित एनआर कलेज आसपासका क्षेत्रमा विरोध प्रर्दशन गरेका हुन् । विरोध प्रर्दशनमा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसी, नेविसंघका केन्द्रिय सदस्य शुसिल भट्ट, परोपकार अधिकारी, पवन थापा, निरञ्जन थापालगायतका विद्यार्थी नेताहरुको उपस्थितिमा दोषिमाथि कारबाहीको माग गरिएको छ । मोटरसाइकलमा सवार मोक्तानलाई बा३ख २६१३ नं.को बसले ठक्कर दिँदा घटना स्थलमै मोक्तानको मृत्यु भएको थियो । त्यस्तै, नेविसंघका अनुसार चालकले सवारी चलाउने लाइसेन्स भन्दापनि ज्यान मार्ने लाइसेन्स जस्तो पैदल यात्री र अन्य सवारी साधन माथि चढाउने कार्यको विरोधमा आफूहरु उत्रने बताए । यसैगरी नेविसंघका केन्द्रिय सदस्य शुसिल भट्टले भने, आक्रोशित विद्यार्थीहरुले विद्यार्थीको ज्यान लिने चालकलाई कर्तव्य ज्यान मुद्दा लगाउनु पर्ने माग राख्दै विरोध प्रदर्शनमा उत्रिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?