काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेसँगै प्रचण्ड निवासमा मन्त्रीका आकांक्षीको भीड लागेको छ बुधबार बिहान प्रचण्ड निवासमा सो पार्टीका नेताहरु आफूलाई मन्त्री बनाउन माग गर्दै भेला भएका थिए । प्रचण्ड निकट स्रोतका अनुसार मन्त्रीको दाबीसहित गएका नेतालाई उनले प्रधानमन्त्रीसँग पार्टीले पाउने मन्त्रालयको भागबन्डा टुंगो लागेपछि बोलाउने भन्दै फर्काइदिएका थिए नेताहरुको निवासभै भीड लागेका बेला प्रचण्ड भने प्रधानमन्त्रीसँग छलफलका लागि बाहिरिएका थिए । मन्त्रीका आकांक्षीको संख्या बढेपछि प्रचण्डले पार्टीका वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा सरकारमा पठाउने तयारी गरेका छन् माओवादी केन्द्रमा पार्टीका तर्फबाट सरकारको नेतृत्वका लागि कृष्णबहादुर महरा, टोपबहादुर रायामाझी, वर्षमान पुन लगायत आकांक्षी रहेका छन् राष्ट्रिय सभाबाट सांसद बनेका थापाले पार्टीका तर्फबाट नेतृत्व गर्दै सरकारमा जाने बताइएपनि उनले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन उनले उपप्रधान सहित गृहमन्त्रालयमा दाबी गरेको बताइएको छ । गृहमन्त्रालयमा माओवादी केन्द्रकै वर्षमान पुनको समेत दाबी छ । उनी यसअघि २०६८ सालमा डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका थिए २०७० सालको निर्वाचनमा मोरङबाट पराजित भएपछि लामो समयदेखि सरकारमा जान नपाएका उनी महत्वपूर्ण मन्त्रालयसहित सरकारमा पठाउन प्रचण्डलाई दबाब दिइरहेका छन् यस्तै माओवादी केन्द्रका नेताहरु जनार्दन शर्मा, शक्ति बस्नेत, देव गुरुङ, पम्फा भुसाललगायत समेत मन्त्रीका दाबेदार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया