काठमाडौं – थप एक जना महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।
असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरेपनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज दिएको जानकारी अनुसार ती महिलाको नाम/ ठेगाना खुलेको छैन। अन्दाजी २५, ३० वर्षिया महिलाको ११ गते नै स्वाव संकलन गरिएको थियो । राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको उनले बताए ।
यसैबीच नेपालमा आज (शुक्रबार) एकैपटक ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार ७५५ पुगेको छ । जसमध्ये पुरुष १० हजार ५०६ जना र महिला १ हजार २४९ जना छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । थपिएकामध्ये १०७ जना महिला छन् भने ४८६ जना पुरुष छन् । नेपालमा हिजो (बिहीवार) एकैपटक ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनका अनुसार थपिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
नेपालमा अहिलेसम्म २ हजार ६९८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ४८ रहेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुमध्ये ८ जना महिला र ४० जना पुरुष छन्।
थपिएका संक्रमित कहाँका हुन् ?
कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परिक्षणमा : मोरङका १ जना महिला र १ जना पुरुष, झापाका १ जना पुरुष, सुनसरीका ४ महिला र ६ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : झापाका १ जना महिला र २ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा धनुषाका २ जना महिला र १० जना पुरुष,महोत्तरीका ४ जना पुरुष, सिराहाका १जना महिला ५ जना पुरुष
नारायणी अस्पताल विरगञ्जमा गरिएको परिक्षणमा : धनुषाका ३ जना पुरुष
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : अछामका १ जना पुरुष, बैतडीका ५ जना महिला र २० पुरुष,बझाङका ३ जना महिला र ६ जना पुरुष, बाजुराका १० महिला र १७ पुरुष, बाराका २ जना पुरुष, दार्चुलाका ३ जना पुरुष,डोटीका १७ महिला र २९जना पुरुष, गोरखाका ५ जना पुरुष, कैलालीका ८ महिला र २२ जना पुरुष, कञ्चनपुरका ८ जना महिला र ३४ जना पुरुष, कपिलवस्तुका १ जना महिला र ८ जना पुरुष र रौतहटका २ जना महिला र ४४ पुरुष, सल्यानका १ जना पुरुष
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्रयोगशालामा : गरिएको परिक्षणमा गोरखाका १ जना पुरुष, नवलपरासी पूर्वका २ जना पुरुष ,नुवाकोटका १ जना पुरुष र काठमाडौंका ३ जना पुरुष
भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : चितवनका २ जना महिला र १० जना पुरुष, कैलालीका १ जना पुरुष, नवलपरासी पूर्वका २ जना महिला र १९ जना पुरुष
किटजन्य रोग अनुसन्धान तालिम केन्द्र प्रयोगशाला हेटौडामा गरिएको परिक्षणमा : गुल्मीका ४ महिला र ८ जना पुरुष,कपिलवस्तुका २ जना महिला र ६ जना पुरुष, रौतहटका १ जना महिला र ४ जना पुरुष र सिन्धुलीका ३ जना पुरुष
वीर अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा : रौतहटका १ जना महिला र ४ जना पुरुष र सिन्धुलीका ३ जना पुरुष
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा प्रयोगशालामा गरिएको परिक्षणमा : कास्कीका १जना महिला र १ जना पुरुष,लमजुङका ६ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : बाग्लुङका १ जना पुरुष,तनँहुका २ जना पुरुष र स्याङजाका १ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : अर्घाखाँचीका २ जना महिला र १ जना पुरुष , गुल्मीका २ जना महिला र ११ जना पुरुष, कपिलवस्तुका १ जना महिला र ३ जना पुरुष, पाल्पाका १ जना महिला र ७५ जना पुरुष ,नवलपरासीका १ जना पुरुष र रुपन्देहीका ४ जना महिला र २ जना पुरुष
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा : दाङका १४ महिला र ६१ पुरुष , प्यूठानका २० जना पुरुष
सुर्खेत प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा : दैलेखका ५ जना पुरुष, जाजरकोटका २ जना पुरुष, मुगुका १ जना पुरुष, सल्यानका ३ जना पुरुष र सुर्खेतका ८ महिला र ४ जना पुरुष
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परिक्षणमा : जुम्लाका १ जना महिला र २ जना पुरुष
संक्रमणमुक्त हुनेहरुको विवरण यस्तो छ :
नेपालमा थप ४८ जनाले कोरोनासंक्रमण जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा २ हजार ६ सय ९८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
आज धरानबाट : मोरङका १ महिला र १९ जना पुरुष, सुन्सरीका १ महिला गरी जम्मा २१ जना
काठमाडौंको बलम्बुबाट : सोलुखुम्बुका १ पुरुष, बाराका १ महिला, रौतहटका १ जना पुरुष गरी ३ जना
पाटन अस्पतालबाट : रामेछापका १ पुरुष, काठमाडौंका २ महिला गरी ३ जना
महिला विकाश कार्यालय तम्घासबाट : गुल्मीका १ जना महिला र १२ जना पुरुष,
महेन्द्र मा. वि तम्घासबाट : गुल्मीका १ जना महिला र ३ जना पुरुष
जलेश्वर अस्पतालबाट : महोत्तरीका १ महिला र २ जना पुरुष गरी ८ जना महिला र ४० जना पुरुष संक्रमणमुक्त भएर घर फर्केका हुन् ।
कति भयो जाँच ?
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ गरी आजसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ ।
क्वारेन्टाईनमा छन् ७१ हजार १२ जना
अहिले देशभरीका क्वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन् । देशभरीका विभिन्न अस्पतालमा ९ हजार ३० जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
यसअघि प्रकाशित यो पनि पढ्नुहोस् :
अनुसन्धान भन्छ – ‘कोरोना भाइरस ठीक भएपनि जीवनभर रहन्छ यस्ता समस्या’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया