काठमाडौं, ९ फागुन- एमाले अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आगामी पाँच वर्ष नै प्रधानमन्त्री रहने भएका छन् वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको आधारभूत विषयमा सहमति गरेसँगै ओली पाँच वर्ष प्रधानमन्त्री रहने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि पाँचै वर्ष एकीकृत पार्टीको अध्यक्ष रहने भएका छन् महाधिवेशनसम्म ओली र दाहाल दुवै पार्टी नेतृत्वमा रहनेछन् भने महाधिवेशनपछि चुनावी प्रतिस्पर्धा नगरी दाहाल एकीकृत पार्टीको अध्यक्ष छानिने भएका छन् दुई दलका शीर्ष नेताले सोमबार हस्ताक्षर गरेको एकताका आधारपत्रको सातौं नम्बरमा आगामी महाधिवेशन एकताको महाधिवेशनका रूपमा समझदारीका साथ सम्पन्न गर्ने उल्लेख छ । एकताको आधारपत्रमा नै आगामी महाधिवेशन ‘समझदारी’का रूपमा गर्ने सहमति गरेर दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको महाधिवेशनमा चुनावी प्रतिस्पर्धाबिनै दाहाललाई अध्यक्ष हुने बाटो खुला गरिएको हो दुई पार्टीबीच एकताका आधारहरू नामक सातबुँदे सहमतिमा सरकार र पार्टी नेतृत्वको विषय उल्लेख गरिएको छैन । तर, शीर्ष नेतृत्वमा पाँच वर्ष नै ओली प्रधानमन्त्री र दाहाल अध्यक्ष रहने ‘जेन्टल एग्रिमेन्ट’ भएको हो, राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया