मालिकामा ‘गाउँमै कमाउने, गाउँमै रमाउने’ अभियान

लोकपथ संवाददाता
0
Shares
lad ufpF cfUof{lgs s[lifsf nflu k|lz4 DofUbLsf] dflnsf ufpFkflnsfsf] lad ufpF . oxfFsf] s[lif k|fljlws lzIffnodf !* lhNnfsf ljBfyL{ cWoog u5{g . Tf:jL/ M w’|a;fu/ zdf{,un]ZJf/-DofUbL_, /f;;

गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले काम र रोजगारीको अवसर सिर्जना गर्ने गरी गाउँपालिकामा भूमि बैंकको स्थापना गरेको छ । कोभिड–१९ ले रोजगारी खोजिएपछि गाउँ फर्किने युवा तथा महिला उद्यमीलाई आत्मनिर्भर बनाउन गाउँपालिकाभित्र बाँझो जमिनलाई सदुपयोग गर्न १० लाख बजेट विनियोजन गरी भूमि बैंक स्थापना गरेको हो ।

यसका लागि गाउँपालिकाकाले ‘गाउँमै कमाउँँ, मालिकामै रमाउँ’ अभियान शुरु गरेको छ । अभियानअन्तर्गत सामूहिक व्यवसायका लागि बाँझो जग्गा प्रयोग, पकेट क्षेत्र, औजार खरिदलगायत विभिन्न उत्पादनमुखी क्षेत्रमा सघाउने गरी ८५ लाख ९७ हजार विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताइन् ।

“गाउँ फर्किएकालाई गाउँमै रोक्ने अभियान छ”, “अब कृषि र पशुपालनमा अनुदानलाई प्रोत्साहन गर्छौं”, उनले भनिन् । गाउँपालिकाले केही वडामा बाँझो जमिनको सदुपयोग शुरू गरिसकेको छ । बुधबार गाउँपालिकाको केन्द्र दरबाङमा बसेको सातौँ गाउँसभाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का ४१ करोड ५४ लाख १० हजार ९४९ बराबरको बजेट पारित गर्दै कृषि, पशुपालनका साथै पर्यटनको क्षेत्रमा समेत उच्च प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । “अब सम्भावना भएका क्षेत्रमा लगानी केन्द्रित नगरी समृद्ध गाउँपालिका बनाउन सकिँदैन्”, “यसपटक रोजगार सिर्जना गर्नेतर्फ ध्यान दिन्छौँ”, अध्यक्ष रोकाले भने । उनले गाउँपालिकाभित्र उत्पादित वस्तुको बजारीकरणमा समेत सघाउने बताए ।

गाउँपालिकाले १३ करोड ६५ लाख पूँजीगत र पाँच करोड ५० लाख चालुतर्फ विनियोजन गरेको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा बजेटलाई उच्च प्राथमिकता दिए पनि रोजगारमूलक अभियानलाई विगतमा जस्तो हेलचेक्राइँ नगरिएको भन्दै बजेट कार्यान्वयनले समेत थप सहज हुने जनप्रतिनिधिको भनाइ छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले पर्यटन क्षेत्रतर्फ मालिका–५ हकलानडाँडामा वुद्ध स्तुपाको निर्माण र प्रसिद्ध मालिका मन्दिरमा कलात्मक मूर्तिसहित सम्रग गाउँपालिकाभित्रको पर्यटन विकासमा ६३ लाख ७० हजार विनियोजन गरिएको बताए ।

त्यस्तै दरबाङको छ्यारछ्यारेमा निर्माणाधीन अवस्थामा रहेको खेलमैदानलाई प्रदेशस्तरीय साझेदारी कार्यक्रमअन्तर्गत ५० लाख र विषद् कोषमा एक करोड ७६ लाख १३ हजार विनियोजन गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?