मनाङ । मनाङ नासो गाउँपालिका–४ ओडार गाउँका महिला आयआर्जनका लागि सामूहिक तरकारी खेती गर्दै आएका छन् । गाउँमा रहेका महिलाको समूह बनाई विगत दुई वर्षदेखि आलु, काउली, बन्दाजस्ता तरकारी उत्पादन गरी आयआर्जन गर्दै आएका छन् ।
गाउँमा होमस्टे सञ्चालनसँगै सामूहिक तरकारी खेती गर्दै आएका महिलाले उत्पादन गरेका उत्पादन आफ्नै गाउँमै खपत हुँदै अएको छ । तरकारीको राजा आलु यस जिल्लाकै प्रमुख बालीको रुपमा आलु खेतीले आयआर्जनमा निर्भर बनाउने गरेको छ । उनीहरुले त्यहाँ आउने पाहुनाको मुख्य रोजाइमा पर्ने हुँदा गाउँको झण्डै १० रोपनी खाली जग्गामा सामूहिक खेती गरेका हुन् । सामूहिक तरकारी खेतीबाट आत्मनिर्भर मात्र नभई आयआर्जनसमेत गरेका समूहकी सदस्य बेलकाशी गुरुङले बताए ।
शुरुमा जिल्ला कृषि कार्यलय चामेबाट १० हजार अनुदानबाट शुरु भएको यस समूहको सामूहिक तरकारी खेती हाल लाखौँ आम्दानी गर्न सफल उनीहरु खुशी हुँदै उत्पादनमा अझ बढी मेहनत गर्ने भएका छन् । त्यहाँ उत्पादन भएका आलु, काउली जिल्लाका ठूलठूला होटलदेखि बाहिरी जिल्लाका फाइभ स्टार होटलबाट माग आउने गरेको उनीहरु बताउँछन् । त्यहाँ उत्पादित आलु काठमाडौं, पोखरालगायत स्टार होटलमा समेत निर्यात हुन थालेका छन् । यसरी आएको रकम समूहमा जम्मा गरी गाउँको सरसफाइदेखि बाटाघाटा मर्मत गर्ने गरेको समूहकी अर्की सदस्य सूर्यकाशी गुरुङले बताउछन् ।
उनीहरुले आम्दानी भएको रकम समूहमा बचत गरी शुरुआत गरेका गाउँमानै उदारणीय काम गरेका छन् । एक्लै काम गर्न कठिन हुने र समूहमा मिलेर गर्दा थोरै लगानीमा धेरै आम्दानी गर्न सकिएको उनीहरुसँग अनुभव रहेको छ । कोरोना भाइरसको सङ्क्रमण नभएको भए पर्यटकले भरिने र आलुको विभिन्न परिकारले लोभिने गरेको उनीहरुको भनाइ छ । १० हजार लगानीबाट शुरु गरेका महिला समूहले गाउँको विकासमा समेत टेवा पुर्याउँदै आएका समूहकी अध्यक्ष उर्मिला गुरुङले बताइन् । महिला सक्रिय भए घरमात्र नभई गाउँको विकासमा समेत टेवा पुग्न सक्ने ओडार गाउँका महिला उदाहरण बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया