गलत संस्कार बदल्दै किशोरी

नेपालगन्ज, ९ फागुन — मुस्लिम समुदायमा सम्बन्धविच्छेद (तलाक), बहुविवाह र मधेसी समुदायमा बालविवाह र दाइजो प्रथा अझै कायम छ । ग्रामीण क्षेत्रमा छोरीलाई विद्यालय पठाउन नहुने मान्यता पनि उस्तै छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले जनचेतना तथा अन्य कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर गलत परम्परा हट्न नसकेको भन्दै यहाँका किशोरीहरू संगठित भएर कुसंस्कारविरुद्ध सक्रिय हुन थालेका छन् मधेसी समुदायको बाहुल्य रहेको नेपालगन्ज उपमहानगरपालिका १८, लग्दहवा र भुजई गाउँमा मात्रै ४ किशोरी समूह गठन भएका छन् । किशोरी समूहहरू नियमित समुदायमा भएका समस्याबारे छलफल गर्छन् र त्यसको निराकरणका लागि अभिभावकलाई सचेत बनाउँदै आएका छन्, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?