कोरोना संक्रमित महिलाले आइसोलेसन कक्षमै जन्माइन् बच्चा

गलकोट । धौलागिरी अस्पताल बाग्लुङको आइसोलेसन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छिन्।

ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेसन कक्षमै छोरा जन्माएकी हुन् । धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेसन कक्षमा भर्ना भएकी ती महिलालाई चिकित्सकले शल्यक्रियामार्फत बच्चा जन्माउन सल्लाह दिएपनि पछि सामान्य प्रकारले सुत्केरी भएकी थिइन्। धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलका अनुसार आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

भारतबाट घर फर्केका श्रीमान् श्रीमती दुवैलाई कोरोना पोजेटिभ देखिपछि आइसोलेसनमा भर्ना गरिएको थियो ।

हालसम्म बाग्लुङमा १४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये २३ जना निको भएर घर फर्केका छन् भने ११८ जना उपचारको क्रममा रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?