पेस्तोल सहित एक जना पक्राउ

काठमाडौं । सुनसरीमा अटोमेटिक पेस्तोल तथा गोली सहित एक जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-१५ स्थितबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान, सोही म्याग्जिनमा लोड भएको गोली ३ राउण्ड, मोबाइल २ थान र सिम कार्ड ६ थान सहित धनकुटा शहिदभूमी गाउँपालिका-६ घर भएका २७ वर्षीय रोशन राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका-१५ स्थित घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

अनुसन्धानको क्रममा निजले प्रयोग गरेको मोटरसाइकल सोही नगरपालिकास्थित रामहंस मार्गमा पार्किङ गरी राखेको खुल्न आएपछि उक्त मोटरसाइकल जाँच गर्दा सिटमुनी लुकाईछिपाई राखेको अवस्थामा उक्त हातहतियार प्रहरीले फेला पारेको हो ।

राई उपर जिल्ला अदालत सुनसरीबाट हातहतियार खरखजाना मुद्धामा ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?