लकडाउनपछि कसरी गरिँदैछ उडान, बुद्धले गर्यो यस्तो तयारी

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द हवाई उडान सञ्चालन हुनुपूर्व बुद्ध एयरले अभ्यास गरेको छ ।

सरकारले उडान प्रोटोकल बनाएर हवाई सेवा सञ्चालनको तयारी गरेसँगै बुद्धले उडानपूर्व आज अभ्यास गरेको हो । उडान शुरु भएपछि कुनै संक्रमित यात्रु जहाजमा भएको अवस्थामा अरुलाई संक्रमण फैलिनबाट राक्ने सकियोस भनेर अभ्यास परीक्षण भएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर वस्नेतले बताए ।

प्रोटोकलअनुसारको तालिम दिएर अभ्यास थालिएको उनले बताए । आन्तरिक उडान करिब ४० दिनपछि शुुरु हुने भएपनि अभ्यास निरन्तर जारी रहने उनको भनाई छ । बुद्धले नियमित उडान शुरु भएपछि आवश्यकता अनुसार यात्रुलाई स्यानिटाइजर र मास्क दिने व्यवस्था पनि गरेको उनले बताए ।

यात्रुलाई कम्पनीले नै भाइजर दिनेछ । तर, भाइजरको लागत मूल्य ५५ रुपैयाँ भने यात्रुबाट लिने उनले बताए । हरेक उडानपछि जहाव डिसइन्फेक्सन हुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?