बम विष्फोट गराएको आरोपमा दश वर्षपछि दुईजना पक्राउ

काठमाडौं – २०६७ साल चैत्र ११ गते गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना २ ख ५७२१ नम्बरको यात्रुबाहक बसमा विष्फोट गराउँर्दा १३ जना घाइते भएको घटनामा दश वर्षपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र दिलीपकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरीले जनाएको छ । दुवैजनाविरुद्ध ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा छ ।

विष्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?