काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाकेकी छन् ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीलत निवासमा साँझ ५ बजे नेताहरुलाई भेटघाटका लागि बोलाएको जानकारी दिए।
उनका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ ।
‘‘कोभिड –१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंँग राष्ट्रपतिको तीनचार महिना नै भेट भएको थिएन ’’, उनले भने, ‘‘ सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उहाँहरुलाई बोलाउनु भएको हो । उहाँको यो नियमित भेटघाट पनि हो ।’’
अहिले प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसीको विषयमा छलफल गर्न नेकपा स्थायी कमिटि बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिएको जानकारी अनुसार वर्तमान परिस्थिती र स्थायी कमिटिको सन्दर्भमा दुबै अध्यक्षले मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।
त्यस्तै कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले गरेका कामकारवाही र सीमा विवादका बारेमा पनि छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया