धान खेतमा छटपटाइरहेको अवस्थामा भेटिएका युवकको उपचार हुँदै

काठमाडौं – वीरगञ्ज महानगरपालिका–२६, सुगौली विर्तामा घाँटीमा धारिलो हतियारले काटिएको र पोखरीको डिल छेउको धान खेतमा छटपटाइरहेको अवस्थामा भेटिएका युवकको उपचार हुँदैछ । स्थानीय अन्दाजी ४५ वर्षीय सरफुद्दिन मियाँ बिहान साढे ५ बजे घाइते अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले लगत्तै उनलाई उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको थियो । ब्लड प्रेसर, मुटुको धड्कन ठिक रहेको र घाइतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

गाउँको दक्षिणतर्फ रहेको सातो माई मन्दिर नजिकै स्थानीय वीरबहादुर राउतको पोखरी छ ।

सोही पोखरीको डिलमा उनी छटपटाइरहेको अवस्थामा स्थानीयले देखेका थिए ।

प्रहरीले परिवारका सदस्य र छिमेकीसँग सोधपुछ शुरु गरेको छ ।

घाइते भेटिएको ठाउँमा प्रहरीले एउटा मोबाइल पनि फेला परेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?