काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नागरिकता विधेयकमा नेपाली छोरा र छोरीमा गरिएको विभेद अन्यायपूर्ण रहेको बताएका छन् ।
विदेशबाट विहे गरेर नेपाल आउने महिलाहरुलाई ७ वर्षपछि मात्र अंगिकृत नागरिकता दिने निर्णयले छोरा र छोरीमा विभेद उत्पन्न गर्ने उनले बताए ।
हरेक नियम लागू गर्दा सर्वप्रथम सहमतीको आवश्यक्ता पर्ने र जुनसुकै मापदण्ड लागू गरेपनि नागरिकता प्राप्त गर्ने कानुनी प्रक्रियामा छोरी (जुवाई) र बुहारीमा समानता हुनुपर्ने अन्यथा ५१ प्रतिशत नेपाली छोरीहरु माथि पक्षपात पूर्ण ठहरिने नेता केसीको तर्क रहेको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले भनेका छन्,”नागरिकता विधेयकमा नेपाली छोरा र छोरीमा गरिएको विभेद अन्यायपूर्ण छ। मापदण्ड निर्माण गर्दा प्रथमत सहमतिको आबस्यक छ। जुनसुकै मापदण्ड लागु गरेपनि नागरिकता प्राप्त गर्ने कानुनी प्रक्रियामा छोरी (जुवाई) र बुहारीमा समानता हुनुपर्छ अन्यथा ५१ प्रतिशत नेपाली छोरीहरु माथि पक्षपात पूर्ण ठहरिने छ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया