काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमवार दिउँसो जुम एपमार्फत गरेको भर्चुअल बैठकमा एक्कासी पोर्न भिडियो बज्न थालेपछि कार्यक्रम स्थगित गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई अतिथि रहेको उक्त बैठकमा पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्ने कार्यक्रम रहेको थियो ।
मन्त्री भट्टराई जब सार्वजनिक भर्चुअल कार्यक्रममा बोल्न शुरु गरे, त्यसपछि एक्कसी पोर्न भिडियो बज्न थालेको थियो ।
भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका थिए । अनधिकृत रुपमा भर्चुअल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो गतिविधि भएको बताइएको छ ।
लकडाउनको कारण सिर्जित समस्याले मन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायीहरू समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाइरहेका थिए ।
लकडाउनपछि विश्वमानै विभिन्न माध्यमबाट भर्चुअल बैठकहरु सञ्चालन भइरहेका छन् । त्यस्ता बैठकहरुमा ह्याकरहरूले अनधिकृतयस्ता बैठकमा पछिल्ला समयमा रुपमा ‘एक्सेस’ गरेर अश्लील भिडियो बजाइदिने पनि गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया