काठमाडौँ, ८ फागुन- अघिल्लो सरकारले साढे दुई महिनायता गरेका २५० भन्दा बढी निर्णय प्रधानमन्त्री कार्यालयले अहिलेसम्म गुपचुप राखेको छ। कर्मचारीकै आडमा ती निर्णय लुकाइएको होशेरबहादुर देउवा नेतृत्वको सरकारले त्यस अवधिमा १५ पटकसम्म मन्त्रिपरिषद् बैठक राखेर गरेका निर्णय अहिलेसम्म कार्यालयको वेबसाइटमा राखिएको छैन, अन्नपुर्ण पोस्टमा खबर छ तीमध्ये १०-१५ वटा निर्णय मात्रै सार्वजनिक गरिएको छ। प्रधानमन्त्री कार्यालयका बैठक र सूचना शाखाका अधिकारीको गैरजिम्मेवारी र बेवास्ताका कारण राज्यका निर्णय जनताको पहुँचसम्म पुग्न नसकेको होमुख्यसचिव लोकदर्शन रेग्मीले मन्त्रिपरिषद्को निर्णय वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने बताए। ‘मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने काम बैठक र सूचना शाखाको हो, किन भएन म गम्भीरतापूर्वक सोधीखोजी गर्छु’, उनले भने। मुख्यसचिव रेग्मीले केही समयदेखि आफू अलि बढी व्यस्त हुनुपरेकाले त्यससम्बन्धमा जानकारी लिन नपाएको बताएप्रधानमन्त्री कार्यालयका बैठक र सूचना शाखाका अधिकारीको गैरजिम्मेवारी र बेवास्ताका कारण राज्यका निर्णय जनताको पहुँचसम्म पुग्न नसकेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया