एपीसी नपठाउँदा सशस्त्रले गुमायो ९ करोड, सेनासँगको एपीसी पनि नकिन्ने निर्णय

काठमाडौं, ८ फागुन- सशस्त्र प्रहरी बलले द्वन्द्वग्रस्त मुलुक साउथ सुडानमा पाँचवटा आर्म पर्सनल क्यारियर (एपीसी) पठाउन नसक्दा ९ करोड रुपैयाँ गुमाएको छ । संयुक्त राष्ट्रसंघको मापदण्डअनुरूप तीन वर्षअघि नै पठाउनुपर्ने १२ मध्ये पाँचवटा एपीसी पठाउन नसक्दा वार्षिक तीन करोड रुपैयाँका दरले सशस्त्र प्रहरी बलले यो रकम गुमाएको हो सशस्त्र प्रहरी बलले १२ मध्ये सातवटा मात्र एपीसी पठाएको छ । समयमै थप पाँचवटा एपीसीसहित बन्दोबस्तीका सामान पठाउन नसक्दा संयुक्त राष्ट्रसंघले दिने शोधभर्नाबापतको रकम गुमेको हो । जुन रकम सशस्त्र प्रहरीले कल्याणकारी कोषमार्फत खर्च गर्दै आएको छ समयमै एपीसी नपठाउँदा सशस्त्र प्रहरी बलले करोडौं शोधभर्ना (एपीसी प्रयोग गरेबापत राष्ट्रसंघबाट हुने आम्दानी) मात्र गुमाएको छैन, शान्ति मिसनमा यसअघि प्राप्त गरेको ‘गुडविल’ पनि गुमाउँदै गएको छ । सशस्त्र प्रहरी नेतृत्वको असक्षमताका कारण यो स्थिति आएको हो, राजधानीमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?