काठमाडौं । शुक्रवार साँझ बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले देशभर रहेका क्वारेन्टाइनलाई सुधार गर्दै लैजाने निर्णय गरेको छ ।
त्यसको व्यवस्थापन तथा सहजिकरणको जिम्मा प्रदेश सरकारलाई दिने निर्णय भएको परराष्ट्र मन्त्री एवम सीसीएमसीका संयोजक प्रदिप ज्ञवालीले बताए ।
साथै क्वारेन्टाइनमा रहेकाहरु सबैको कोरोना परीक्षण गरी दुइ हप्तामा घर पठाउने तयारी गरेको उनले बताए ।
बैठकले विदेशबाट ल्याइएको शव व्यवस्थापन गर्न श्रम मन्त्रालयलाई जिम्मा दिइएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणको लागि बैठकले प्रदेश र स्थानीय सरकारले गरेको कामहरुको उच्च मूल्यांकन गरिएको ज्ञवालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया