कोरोना विश्व अपडेट : यस्तो छ महामारीको पछिल्लो अवस्था, कहाँ कस्तो ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ५६ हजार २९१ जनाको मृत्यु भईसकेको छ भने ८५ लाख ७८ हजार ७५७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४५ लाख ३० हजार ३४० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार ५६१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख २० हजार ६८८ जनाको मृत्यु भईसकेको छ भने २२ लाख ६३ हजार ६५१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९ लाख ३० हजार ९९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ५०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ९ लाख ८३ हजार ३५९ जनालाई संक्रमण भएको छ भने ४७ हजार ८६९ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ५ लाख २० हजार ३६० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ६६० जनाको मृत्यु भईसकेको छ भने ५ लाख ६१ हजार ९१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख १३ हजार ९६३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९२ हजार ३४८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४२ हजार २८८ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४६९ जनालाई संक्रमण भएको छ । त्यहाँ ३७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ५१४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३८ हजार १५९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८० हजार ५४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ६०३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५८ हजार ६४१ जनालाई संक्रमण भएको छ । त्यहाँ ७३ हजार ८८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९४६ जनाको मृत्यु भएको छ भने १ लाख ९० हजार १२६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७४ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १२ हजार ६०४ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ८१ हजार ९१ जनालाई संक्रमण भएको छ ।

भारतमा २ लाख ५ हजार १८२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ८८२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८४ हजार ३१ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ५६ हजार २२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ४६१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४४ हजार ३८८ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ३१ हजार १९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार २७२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९७ हजार ६४७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५६ हजार ९९१ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ८ हजार ३०० जनाको मृत्यु भईसकेको छ भने १ लाख २२० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६२ हजार ४९६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १९ हजार ७४७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६५ हजार ४५५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ६६७ जनाको मृत्यु भईसकेको छ भने ५ हजार ६६२ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख २३ हजार ९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप ३२ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ३२५ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३९८ जना स्वास्थ्योपचार पछि निको भएका छन भने ११ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ३ हजार ९३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६० हजार ११८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५९ हजार २१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६८३ जनाको मृत्यु भईसकेको छ भने ६० हजार ३४८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ७२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ७८ जनाको मृत्यु भएको छ भने ४९ हजार ३१९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विडेनमा ५ हजार ५३ जनाको मृत्यु भईसकेको छ भने ५६ हजार ४३ जनालाई संक्रमण भएको छ । त्यहाँ २७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टायता विश्वमा ७१६ जनाको मृत्यु भएको छ भने ८ हजार ३७३ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?