भारतले नेपालतर्फ सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का उच्च अधिकारीहरु नै सीमावर्ती क्षेत्रमा बाक्लो रुपमा निरीक्षणमा आउन थालेका हुन् ।
एसएसबीले गस्तीपनि यसअघिको तुलनामा बढाउँदै लगेको छ ।
गत जेठ ३० मा सीमा सुरक्षार्थ सर्लाहीको संग्रामपुरमा खटिएका नेपालको सशस्त्र प्रहरी बलको कारबाहीमा भारतका एक जनाको मृत्यु भएपछि एसएसबीले पैदल र सवारी गस्ती बढाएको हो । यसबाहेक दार्चुलाको कालापानी क्षेत्रमा भारतीय अतिक्रमणले पनि दुई देशबीचको सम्बन्ध तनावपूर्ण छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया