काठमाडौं । कोरोना संक्रमणको हिसावले ब्राजिल विश्वकै दोस्रो स्थानमा रहेको छ । हालसम्म ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४६ हजार ८ सय ४२ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको र १ सय ८२ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार हालसम्म ९ लाख ६५ हजार ५ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख ३ हजार ५ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै रसियामा हालसम्म ५ लाख ६१ हजार ९१ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ७ हजार ७ सय ९० जनामा कोरोना संक्रमण देखिएको र १ सय ८२ जनाले कोरोनाको कारण ज्यान गुमाएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म रसियामा कोरोनाको कारण ७ हजार ६ सय ६० जनाको ज्यान गएको र ३ लाख १३ हजार ९ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ५ सय १ पुगेको छ । बितेको २४ घण्टामा ९ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ७७ हजार १ सय १२ पुगेको छ । हालसम्म २ लाख ३ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र भारतमा कोरोनाको कारण २ सय ३९ जनाको ज्यान गएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ४ लाख ५३ हजार ४ सय ४० पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ८५ लाख १२ हजार २ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४४ लाख ८५ हजार ८ सय ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५४ हजार ६ सय २६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया