बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

कैलाली । कैलालीमा एक जना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका ४ खुरखुरियाकी १२ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उनीहरु लाई आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका ४ बस्ने बर्ष १९ को नविन सावद र बर्ष २० को चन्द्र सावद लाई पक्राउ गरि घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक बिस्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?