काठमाडौं । बागम्ती प्रदेशमा कार्यरत ७०५ पत्रकारको कोरोना बीमा गरिएको छ ।
बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग तथा सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासङ्घको समन्वयमा कोभिड–१९ महामारीका बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने बागमती प्रदेशका पत्रकारको कोरोना बीमा गरिएको हो ।
कोरोना भाइरसको पीसीआर परीक्षणमा सङ्क्रमण देखिएमा बीमा गरिएका पत्रकारले युनाइटेड इन्सुरेन्स कम्पनीबाट एक लाख प्राप्त गर्नेछन् । युनाइटेड इन्सुरेन्स कम्पनीका प्रतिनिधि दिनेश रेग्मीले बिहीबार बीमित पत्रकारको विवरण सञ्चार रजिष्ट्रार रेवती सापकोटालाई हस्तान्तरण गरे ।
“बाग्मती प्रदेशमा क्रियाशील पत्रकारको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील भई प्रदेश सरकारले पत्रकारको मनोबल उच्च राख्न कोरोना बीमा गराएको हो । पत्रकारलाई उच्च मनोबलका साथ काम गर्न बीमाले सहयोग पुग्ने विश्वास लिएका छौँ”, सापकोटाले भने ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक हजार पत्रकारको बीमा गराउने निर्णय गरेको छ । बीमाका लागि आवश्यक विवरण प्राप्त भएकामध्ये पहिलो चरणमा उनीहरुको बीमा गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया