काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षिय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
दुबै जनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
स्वास्थ्यमा समस्या आएपछि ती पुरुष कैलालीकै नजजीवन अस्पतालमा भर्ना भएका थिए । जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनको असार ३ गते बेलुकी निधन भएको हो ।
यस्तै लम्कि चुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागेपनि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । जेठ ३१ गते भर्ना भएकी महिलाको असार २ गते सर्जरी गर्नुअघि नमुना संकलन गरिएको थियो । उनको असार २ गते नै मृत्यु भएको थियो । भेरी अस्पतालमा भएको परीक्षणमा असार ३ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
बिहीबार नेपालमा ६ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै एकैदिन संक्रमण देखिएको उच्च संख्या हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।
थपिएका संक्रमित कहाँका हुन् ?
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा : झापाका २ जना महिला मोरङका १ महिला गरी ३ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परिक्षणमा : अछामको ११ जना महिला र ३१ जना पुरुष गरी ४२ जना बैतडीका २ महिला २३ पुरुष गरी २५ जना बाजुराको १५ महिला २६ पुरुष गरी ४१ जना भक्तपुरका १ महिला र २ पुरुष गरी ३ जना डडेलधुरा ७ महिला र ७७ पुरुष गरी ८४ जना कैलालीका २ महिला र १९ पुरुष गरी २१ जना कपिलवस्तुका २ महिला १४ जना पुरुष गरी १६ जना काठमाडौंको १ महिला र १ पुरुष गरी २ जना नुवाकोटको २ जना पुरुष रौतहटको १ महिला र ३३ पुरुष गरी ३४ जना रुपन्देहीका ३ जना पुरुष सर्लाहीको २ जना पुरुष सिन्धुपाल्चोकका १ जना ललिपुरका १ जना नवलपरासीका १ जना र महोत्तरीका १ जना पुरुष छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको प्रयोगशालामा : सिन्धुलीका १ जना महिला
भरतपुर अस्पताल प्रयोगशालामा : पर्वतको १ जना महिला र ४ जना पुरुष गरी ५ जना चितवनका १ जना पुरुष नवलपरासी पूर्वको १ जना पुरुष गरी जम्मा ७ जना
धुलिखेल अस्पताल धुलिखेल प्रयोगशालामा : धनुषाका २९ जना पुरुष बाग्लुङ १ जना पुरुष मनाङका १ जना पुरुष नवलपरासी पुर्वका ३० जना पुरुष स्याङ्जाका २ जना महिला र ७ जना पुरुष गरी ९ जना पर्वतका ४ जना पुरुष तनहुका १५ जना पुरुष गोरखाको १ महिला र १० पुरुष गरी जम्मा ७१ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला : रुपन्देहीमा गुल्मीका २ महिला १ पुरुष गरी ३ जना कपिलवस्तुका १ जना पुरुष पाल्पाका ६ जना पुरुष रुपन्देहीका २ महिला ७ पुरुष गरी ९ जना रोल्पाका १ जना पुरुष र नवरपरासी १ पुरुष गरी जम्मा ११८ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला : रुपन्देही मा नै अर्घखाँचीको ६ महिला ९१ पुरुष गरी ९७ जना
भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा : बाँके ३ पुरुष बर्दियाको १ महिला र २ पुरुष कैलालीको १ महिला दैलेखको १ पुरुष गरी जम्मा ८ जना
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा दाङमा दाङका ४ जना पुरुष छन् ।
त्यस्तै सुर्खेत प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा : दैलेखका ६ जना महिला ८० जना पुरुष गरी ८६ जना सुर्खेतका ८ जना महिला २६ जना पुरुष गरी ३४ जना जम्मा १२० जना
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा : अछामका २ जना पुरुष बझाङका १ महिला र १ जना पुरुष कचनपुरको २ पुरुष कैलालीका १ जना महिला र १९ जना पुरुष डोटीको ५ जना पुरुष गरी जम्मा ३१ जना छन्। आजको जम्मा ८० जना महिला ५९१ जना पुरुष गरी जम्मा ६७१ जना संक्रमित छन् ।
पीसीआर विधिबाट १ लाख ५५ हजार ५ सय १८ र पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४६ जनाको नमुना परीक्षण भएको छ ।
यस्तै आरडिटी विधिबाट २ लाख ४३ हजार ७५ र पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३२ जनाको परीक्षण भएको छ ।
देशभरीका क्वारेन्टाइनमा १ लाख १६ हजार २ सय १५ जना रहेका छन् ।
यस्तै ६ हजार ६ सय ४८ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।
अहिलेसम्म १ हजार १ सय ८६ जना संक्रमति उपचारपछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् ।
नेपालमा थप १९ जनाले जिते कोरोना
नेपालमा थप १९ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या १ हजार १ सय ८६ पुगेको छ ।
आज जुम्लाबाट ६ जना पुरुष कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।
दैलेखमा १ जनाले कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले बताए । त्यस्तै, सलकोट आइसोलेसन सेन्टरबाट ३ जना पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।
प्रवक्ता गौतमका अनुसार सुर्खेतबाट १ जना पुरुष डिस्चार्ज भएका छन् । साथै, नारायणी अस्पतालबाट रौतहटकी १ जना महिला र पर्साका १ जना महिला र ६ जना पुरुष गरी ८ जना कोरोना मुक्त भएका छन् ।
कति भयो परीक्षण :
पीसीआर विधिबाट १ लाख ५५ हजार ५ सय १८ र पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४६ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ४३ हजार ७५ र पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३२ जनाको परीक्षण भएको छ ।
देशभरीका क्वारेन्टाइनमा १ लाख १६ हजार २ सय १५ जना रहेका छन् ।
यस्तै ६ हजार ६ सय ४८ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् ।
अहिलेसम्म १ हजार १ सय ८६ जना संक्रमति उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया