नुवाकोटमा थप २ जनामा कोरोना पुष्टि

नुवाकोट । नुवाकोटमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका दुवै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । बुधवार मात्र नुवाकोट दुप्चेश्वर गाउँपालिकाका २ जना महिला (५५ र २०) मा कोरोना संक्रमण देखिएको थियो ।

हालसम्म नुवाकोटमा ३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने बाँकी त्रिशुली तथा खरानीटारको आइसोलेसनमा उपचाररत रहेका छन् ।

नेपालमा बिहीवार थप ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । हालसम्म १ हजार १ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?