मन्त्रालयले भन्यो- कोरोनाको कारण थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सुदूरपश्चिम प्रदेशको कैलालीका रहेको स्वास्थ्य मन्त्रलयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

मृत्यु हुनेमा लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिला र गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुष रहेका छन् ।

लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर उपचारको क्रममा मृत्यु भएकोमा मृत्यु भएको हो ।

उनको मंगलबार मृत्यु भएकोमा बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

कैलालीकै गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषको पनि सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

स्वस्थ्यमा समस्या आएपछि धनगढीकै नवजीवन अस्पतालमा उपचार गर्न गएका उनलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको थियो । लगतै उनलाई प्रादेशिक अस्पताल सारिएको भएपनि मृत्यु हुन पुगेको हो ।
यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

नेपालमा बिहीवार थप ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । हालसम्म १ हजार १ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?