सरकारलाई २५ अर्ब रुपैयाँ नगद अभाव

संसद्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार खर्च धान्न नसक्ने स्थितिमा पुगेको बताएपछि आर्थिक क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ । कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र खलबलिएका बेला अर्थमन्त्रीबाट उक्त कुरा आएपछि मुलुकको अर्थतन्त्र गम्भीर मोडमा पुगेको अनुमानसहित तरङ उत्पन्न भएको हो ।

अर्थमन्त्री डा. खतिवडाले सरकारलाई अनिवार्य दायित्व पूरा गर्न कठिन भइरहेको बताएपछि मुलुकको अर्थतन्त्रलाई लिएर विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । अर्थमन्त्रीले भनेजस्तै सरकारलाई के साँच्चै खर्च धान्न समस्या भएको हो कि, सरकार यो तथ्य सार्वजनिक गरेर अरू कुनै अभिष्ट पूरा गर्ने दाउमा लागेको छ, भन्ने सन्दर्भमा विश्लेषण गर्न थालिएको हो ।

अर्थमन्त्रीका अनुसार अहिले सरकारलाई अनिवार्य दायित्व पूरा गर्न मासिक ४० अर्ब रुपैयाँको खाँचो रहेकोमा हाल भन्सारबाट करिब १५ अर्ब रुपैयाँ मात्रै जोहो हुँदै आएको छ । सरकारलाई अहिले मासिक करिब २५ अर्ब रुपैयाँ नगद अभाव भइरहेको अर्थमन्त्रीको भनाइबाट बुझिन्छ ।नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?