खैरो हिरोइनसहित दुई पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी क्षेत्रबाट सशस्त्र प्रहरीले दुई जनालाई खैरो हिरोइनसहित बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१० बस्ने २५ वर्षीय रामु खाँण ठकुरी र बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय आशिष उपाध्यायलाई ०.६१ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले बताइन् ।

उनका अनुसार दुबै जनालाई म २ प ९६१८ नम्बरको मोटरसाइकलमा जाँदै गरेका बेला बेलौरी नगरपालिका–८ स्थित नेपाल भारत सीमास्तम्भ नम्बर ३८ नजिकबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवै जनालाई बरामद गरिएको हिरोइन र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।

पक्राउ परेका दुबैलाई हिरासतमा राखेर सोधपुछ र अनुसन्धानको कार्य भइरहेको इप्रकाका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?