नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो (भिडियोसहित)

काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोले नारायणगढ – मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाँउपालिका वडा नम्बर ६ मा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ चार किलोमा पहिरो खस्दा बुधबार बिहान करिब साढे ३ बजेबाट सडक अवरुद्ध भएको हो । सडक विस्तारको क्रममा उच्च जोखियुक्त क्षेत्र निर्धारण भएको उक्त क्षेत्रमा पहिरो रोकथामको काम भइरहेको थियो ।

https://www.facebook.com/lokpath/videos/300725180970111/?t=128

पहिरो रोकथामको काम भइरहेको स्थानमा नै पहिरो खसेर सडक नै अवरुद्ध भएको हो । पहिरोले गर्दा पहिरो रोकथामको लागि जडान तयार गरिएको स्काफफोल्फिङ समेत भत्काएको ईन्जिनियर शिव खनालले बताए । सडक अवरुद्ध हुदाँ सयौं मालबाहक तथा निजी सवारीसाधन अलपत्र परेका छन् । लोडर लगायतको तिनवटा मेसिन प्रयोग गरेर पहिरो हटाउने प्रयास भएपनि अहिलेसम्म सडक सुचारु हुन सकेको छैन । पहिरो ठूलो भएकाले पहिरो हटाउन समय लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?