सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोनाबाट २ जनाको मृत्यु

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलालीमा ककोरोना भाइरसको संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् ।

लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उनको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर उपचारको क्रममा मृत्यु भएकोमा मृत्यु् भएको हो ।

उनको मंगलबार मृत्यु भएकोमा बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

यसैगरी कैलालीकै गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषको पनि सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

स्वस्थ्यमा समस्या आएपछि धनगढीकै नवजिवन अस्पतालमा उपचार गर्न गएका उनलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको थियो । लगतै उनलाई प्रादेशिक अस्पचाल सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?