प्रधानमन्त्रीको मान्छेलाई आईओएममा नियुक्तिपछि खैलाबैला, के हो कुरो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले थप जिम्मेवारी पाएकी छिन् । उनलाई प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीनमा नियुक्त गरेका हुन् ।

शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख समेत हुन् ।

उनको दोहोरो जिम्मेवारी हुँदाहुँदै थप जिम्मेवारी समेत दिइएको हो ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले जेठ २१ मा उमेर हदका कारण अवकाश पाएसँगै डिनमा दौड सुरु भएको थियो । जसमा शाहले बाजी मारेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?