काठमाडौं । नेपालमा मृत्यु भएका ५ जनामा एकैदिन कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
एकैपटक यति ठूलो संख्यामा संक्रमणबाट मृत्यु भएको पुष्टि भएको यो पहिलो पटक हो ।
बुधबारको नियमित प्रेस ब्रिफिङ स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बाँके बैजनाथ-६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको जानकारी दिएका थिए ।
मृगौला सम्बन्धि समस्याका कारण जेठ ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो ।
१ गते नै कोरोना परीक्षणका लागि उनको स्वाव संकलन गरिएपनि २ गते मात्रै रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारजानकारी दिए ।
यस्तै सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् ।
लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर उपचारको क्रममा मृत्यु भएकोमा मृत्यु् भएको हो ।
उनको मंगलबार मृत्यु भएकोमा बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।
यसैगरी कैलालीकै गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषको पनि सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
स्वस्थ्यमा समस्या आएपछि धनगढीकै नवजीवन अस्पतालमा उपचार गर्न गएका उनलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको थियो । लगतै उनलाई प्रादेशिक अस्पताल सारिएको भएपनि मृत्यु हुन पुगेको हो ।
यसैगरी सुर्खेत र अर्घाखाँचीमा पनि दुई जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने दुबै जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
भारतबाट आएकी सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ८ की २५ वर्षीया युवतीले आत्महत्या गरेकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतबाट जेठ १२ गते आएर चौध दिनसम्म क्वारेन्टाइनमा बसेपछि आरडीटी परीक्षणमा रिपोर्ट नगेटिभ आउँद्या उनी घर फिर्ता भएकी थिइन् । तर जेठ ३० गते घरबाट हराएको उनी असार १ गते झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
उनको फेरि स्वाब सङ्कलन गरिएर परीक्षण गरिएकोमा बुधबार रिपोर्टमा कोरोना पोजिटिभ आएको हो ।
यस्तै, अर्घाखाँचीको शीतगङ्गाको क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका पुरुषको पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शीतगङ्गा नगरपालिका ५,गल्दाका ४५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले बताए । उनले गएराति आत्महत्या गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया