नुवाकोट । बुधवार नुवाकोटमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमण पुष्टि हुनेमा दुप्चेश्वर गाउँपालिकाका २५ र ५५ वर्षीया महिलाहरु रहेको सामाजिक विकास मन्त्रालयले बाग्मती प्रदेशले जनाएको छ ।
दुप्चेश्वर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा कोराना पुष्टि भएको हो ।
यससँगै नुवाकोटमा कोरोना पुष्टि हुनेको संख्या १५ पुगेको छ । बुधवार भेटिएका दुइ कोरोना संक्रमितको खरानीटारको आइसोलेसनमा राखिएको मन्त्रालयले जनाएको छ । साथै उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।
नुवाकोटमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ३ जना उपचारपछि निको भएर घर फर्किएको र बाँकी १२ जनाको त्रिशुली अस्पताल र खरानीटारको आइसोलेसनमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया