काठमाडौं । झुण्डिएर आत्महत्या गरेकी सुर्खेत सिम्ताकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको सिम्ता गाउँपालिका वडा नं ८ निवासी २५ वर्षीया महिला भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेको र आरडिटी नेगेटिभ आएपछि घर फर्किएकी सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशले जनाएको छ । मन्त्रालयका अनुसार उनले गत असार १ गते आत्महत्या गरेकी थिइन् ।
झुण्डिएको अवस्थामा फेला परेको उनको शव असार २ गते मेहेलकुना अस्पताल, सुर्खेत लगिएको थियो ।
उनको स्वाब संकलन गरी पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । उनको शव व्यवस्थापनको काम भइरहेको छ ।
उनीसँगै कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । त्यस्तै आज नै अर्घाखाँचीका ४३ वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया